शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

चीनबाट आइपुग्यो भेन्टिलेटर र अक्सिजन सिलिन्डर

सुनकोशी न्युज
२०७८ वैशाख २८ गते मंगलबार
काठमाडौं । चीनले नेपाललाई दिएको स्वास्थ्य सामग्रीको पहिलो खेप मंगलबार काठमाडौं आइपुगेको छ । चीनबाट आएको स्वास्थ्य सामग्रीहरूमा अक्सिजन सिलिन्डर र भेन्टिलेटर लगायत छन् ।

मंगलबार अपरान्ह नेपाल वायु सेवाको विमानले स्वास्थ्य सामग्रीहरु काठमाडौं ल्याइपुर्‍याएको हो । चीनले उपलब्ध गराएको स्वास्थ्य सामग्रीमा १० वटा भेन्टिलेटर मेसिन, ४०० थान अक्सिजन सिलिन्डर लगायत छन् । चिनियाँ कम्पनी होङ्सी सिमेन्टका तर्फबाट नेपाललाई यी सामग्रीहरु अनुदान दिइएको  चिनियाँ दूतावासले जनाएको छ ।

पछिल्लो समय भारत र नेपालमा कोरोना माहामारी उत्कर्षमा पुगेपछि उच्चदरको संक्रमण र मृत्युदर रहेको छ । देशभरीका सबै अस्पतालका र सबै उद्योगका अक्सीजन सिलिण्डरले समेत अपुग भएपछि चीन सरकारको सहायतामा सिलिण्डर ल्याउन लागिएको हो ।

त्यसैगरी कोरोनाकै कारण सघन उपचार गर्न भेन्टिलेटरको समेत चरम अभाव भएपछि चीन सरकारको सहायतामा केहीथान भेन्टीलेटर ल्याइएको छ ।

प्रकाशित मिति: मङ्लबार, बैशाख २८, २०७८