मुख्य समाचार समाचार हेडलाईन न्युज

राष्ट्रपतिबाट धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्न आव्हान

सुनकोशी न्युज

२०७८ बैशाख २७ गते सोमवार

काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमतको प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्न आव्हान गरेकी छन् ।

प्रतिनिधि सभामा कुनै पनि दलको बहुमत नरहेपछि सोमबार राष्ट्रपतिको कार्यालय शितलनिवासले विज्ञप्ती प्रकाशन गर्दै दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई वैशाख ३० गते साँझ ९ बजेभित्र प्रधानमन्त्री पदमा दावी पेश गर्न सूचना जारी गरेकी हुन् ।

सूचना:

 

प्रकाशित मिति: सोमवार, बैशाख २७, २०७८