मुख्य समाचार समाचार हेडलाईन न्युज

संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठक प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान

सुनकोशी न्युज

२०७८ बैशाख २७ गते सोमवार

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओली संसद्‍मा विश्वासको मत पाउन असफल भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले नयाँ सरकार गठन गर्न राष्ट्रपपितलाई आह्वान गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठक प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई यस्तो आह्वान गरेका हुन् ।

 

प्रकाशित मिति: सोमवार, बैशाख २७, २०७८