मुख्य समाचार समाचार हेडलाईन न्युज

नेपालमा पछिल्लो २४ घण्टामा ९२७१ जना कोरोना संक्रमित : १३९ को मृत्यु

सुनकोशी न्युज

२०७८ बैशाख २७ गते सोमवार

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ९ हजार २ सय ७१ संक्रमित थपिएका छन् ।

१८ हजार ४ सय ११ वटा नमुनाको परीक्षण गरिएकोमा चार हजार ९२७१ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३९ संक्रमितको मृत्यु भएको छ  । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३ हजार ८ सय ५९ पुगेको छ ।

यस्तै, नेपालमा आजसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख ६ हजार ७ सय ९४ पुगेको छ ।

अहिले मुलुकभर सक्रिय संक्रमितको संख्या ९३ हजार १ सय ४१ रहेको छ । हाल क्वारेन्टिनमा ४ सय २७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति: सोमवार, बैशाख २७, २०७८