मुख्य समाचार समाचार हेडलाईन न्युज

संसदको विशेष अधिवेशनमा जसपाका सांसदले मतदान गर्दा स्वविवेक प्रयोग गर्न पाउने

सुनकोशी न्युज

२०७८ बैशाख २६ गते आईतबार

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदा सांसदलाई पक्ष वा विपक्षमा मत हाल्न ह्वीप जारी नगर्ने भएको छ।

आइतबार बसेको जसपा पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिँदा संसदमाथि ह्वीप जारी नगर्ने निर्णय गरेको हो।

सोमबार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान भयको संसदको विशेष अधिवेशनमा जसपाका सांसदले मतदान गर्दा स्वविवेक प्रयोग गर्न पाउने भएकाछन् ।

प्रकाशित मिति: आइतवार, बैशाख २६, २०७८