मुख्य समाचार समाचार हेडलाईन न्युज

२०७५ फागुन २ गतेको अवस्थामा फर्किन वलीलाई सोमवार बिहान ९ बजेसम्म समय

सुनकोशी न्युज

२०७८ बैशाख २६ गते आईतबार

काठमाडौं – नेकपा एमालेका माधवकुमार नेपाल समूहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमवर बिहान ९ बजेसम्म २०७५ फागुन २ गतेको अवस्थामा फर्किने र फेरि पार्टी सहमतिका साथ सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्न समय दिएका छन् ।

आइतबार सिंहदरबारमा बसेको माधव नेपाल पक्षीय सांसदको बैठकले अध्यक्ष ओलीलाई भोलि बिहान ९ बजेसम्मको समय दिएको एमाले नेता योगेश भट्टराईले जानकारी दिए।

यदि आफूहरुलाई किनारा लगाउने ढंगले गएमा भोलि साढे ९ बजे बैठक बसेर राजीनामा वा अन्य कुनै निर्णय लिइने उनले जानकारी दिए ।

 

प्रकाशित मिति: आइतवार, बैशाख २६, २०७८