सुनकाेशी न्युज, २०७८ वैशाख २६ गते आइतबार, काठमाडौं । सिन्धुलीमा प्रहरीले ३८ थान अक्सिजन ग्यासको सिलिन्डर नियन्त्रणमा लिएको छ। अस्पतालभन्दा बाहेक निजी रुपमा राखिएका विभिन्न स्थानबाट उक्त सिलिन्डर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनाेज कुमार लामाले बताउनुभयो । काेराेनाका कारण अस्पतालमा अक्सिजन सिलिन्डरको कमी हुनथालेपछि सरकारले निजी रुपमा अक्सिजन सिलिन्डर राख्न नपाउने नियम बनाएको छ। तर हाेम अाईसाेलेशनमा बस्नुपर्ने भएमा अक्सिजन नपाईएला भनेर मानिसहरूले घरमा सिलिन्डर स्टाेर गर्न थालेपछि अस्पतालमा सिलिन्डरको अभाव भएको थियोे । त्यसैगरी निशेधााज्ञा उलंघन गरि सवारी चलाउने र हाेटल संचालन गर्नेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। कमलामाई ५ मा हाेटल खुल्ला राखेका सुवास तामाङलाई नियन्त्रणमा लिएको हाे। उनलाई जिप्रकामा राखिएको छ। त्यसैगरी निशेधाज्ञा उलंघन गर्ने ६१ वटा माेटरसाइकल र ५ वटा अटाेलाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरि साँझ ५ बजे छाडिएको प्रवक्ता लामाले बताए ।
सिन्धुलीमा ३८ वटा अक्सिजन सिलिन्डर नियन्त्रणमा, ६१ माेटरसाइकललाई कारबाही
सम्बन्धित समाचारहरु

ताजा अपडेट
- दिल्लीको लालकिल्लामा शक्तिशाली विष्फोट, १० काे मृत्युु, दर्जनौं घाइते
- त्रिविमा परा–हिमालय सञ्चार तथा सामाजिक विकास सङ्गोष्ठी सम्पन्न
- माेवाइल टावर मर्मत गर्ने क्रममा एकजनाको मृत्यू
- युवा विद्रोहको बलिदान : समाज रूपान्तरणकाे उर्जा
- टुमराज काेइरालाले ल्याए रचनात्मक पत्रकारिताबारे पहिलो नेपाली पुस्तक
- असार १५: उत्सवको हिलोमा किसानको आँसु
- आत्मनिर्भर आर्थिक विकासका लक्ष्यप्राप्तिमा केन्द्रित हरिहरपुरगढी गाउँपालिकाकाे बजेट सार्वजनिक
- मरिण गाउँपालिकाकाे बजेट- कृषि र शिक्षालाई प्राथमिकता
- अहमदावाद विमान दुर्घटनामा घाइते एककाे जिवितै उद्धार
- दुर्घटनाग्रस्त प्लेनमा सवार काेही जिवित नरहेको प्रहरीको दाबी














Add Comment