सुनकाेशी न्युज, २०७८ वैशाख २६ गते आइतबार, काठमाडौं । सिन्धुलीमा प्रहरीले ३८ थान अक्सिजन ग्यासको सिलिन्डर नियन्त्रणमा लिएको छ। अस्पतालभन्दा बाहेक निजी रुपमा राखिएका विभिन्न स्थानबाट उक्त सिलिन्डर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनाेज कुमार लामाले बताउनुभयो । काेराेनाका कारण अस्पतालमा अक्सिजन सिलिन्डरको कमी हुनथालेपछि सरकारले निजी रुपमा अक्सिजन सिलिन्डर राख्न नपाउने नियम बनाएको छ। तर हाेम अाईसाेलेशनमा बस्नुपर्ने भएमा अक्सिजन नपाईएला भनेर मानिसहरूले घरमा सिलिन्डर स्टाेर गर्न थालेपछि अस्पतालमा सिलिन्डरको अभाव भएको थियोे । त्यसैगरी निशेधााज्ञा उलंघन गरि सवारी चलाउने र हाेटल संचालन गर्नेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। कमलामाई ५ मा हाेटल खुल्ला राखेका सुवास तामाङलाई नियन्त्रणमा लिएको हाे। उनलाई जिप्रकामा राखिएको छ। त्यसैगरी निशेधाज्ञा उलंघन गर्ने ६१ वटा माेटरसाइकल र ५ वटा अटाेलाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरि साँझ ५ बजे छाडिएको प्रवक्ता लामाले बताए ।
सिन्धुलीमा ३८ वटा अक्सिजन सिलिन्डर नियन्त्रणमा, ६१ माेटरसाइकललाई कारबाही
सम्बन्धित समाचारहरु

ताजा अपडेट
- “होर्मुज स्ट्रेट अवरुद्ध भए तेलको मूल्य $१८० डलरसम्म पुग्न सक्ने साउदी चेतावनी”
- जनादेशको भरोसा, सुशासनको सुरुआत मन्त्री र मन्त्रालयबाट
- सुनको भाउमा भारी गिरावट : तोलामा ७,८०० रुपैयाँ घट्दै ३ लाखमुनि
- ‘कुलिङ पिरियड’मा अर्थमन्त्री खनाल, आजदेखि मन्त्रालयबाट अलग
- “म जिउँदै छु” — अफवाहपछि इजरायली प्रधानमन्त्रीको पत्रकार सम्मेलन
- गृहमन्त्री अर्यालको राष्ट्रिय सभा नियुक्ति सिफारिस ‘होल्ड’मा
- मध्यपूर्व तनावबीच ऊर्जा संकट—चीन कसरी जोगिँदैछ ?
- मुगु–जुम्ला पुगे प्रधानमन्त्री, निर्वाचन सफल बनाउनेहरूप्रति सम्मान र धन्यवाद
- अब विदेशमा पनि नेपाल टेलिकम सँगै!
- 📈 सेयर बजारमा उछाल: नेप्से ६४ अंकले बढेर २८७७ मा!














Add Comment