मुख्य समाचार शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित

सुनकोशी न्युज

२०७८ बैशाख २७ गते सोमवार

काठमाडौं -यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित भएको छ ।

सोमबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको हो । बोर्डका अनुसार अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित भएको छ ।

एसईई जेठ १३ र कक्षा १२ को परीक्षा २६ गतेबाट गर्ने तयारी थियो ।

प्रकाशित मिति: सोमवार, बैशाख २७, २०७८