मुख्य समाचार समाचार हेडलाईन न्युज

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव

सुनकोशी न्युज

२०७८ बैशाख २६ गते आइतवार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

गठबन्धनका नेताहरुले अल्पमतको अवस्थामा संविधान विपरित मुख्यमन्त्रीमा पोखरेल नियुक्त भएकाले प्रदेश सभामा बहुमत सदस्यहरुले फेरि अविश्वासको प्रस्ताव दर्ता गराउनु परेको बताएकाछन् ।

विपक्षी गठबन्धन माओवादी केन्द्र, कांग्रेस, जसपा राष्ट्रिय जनमोर्चासहितले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

प्रस्तावमा ४० जनाले हस्ताक्षर गरेका छन् । जसमा नेपाली कांग्रेसका १९, माओवादीका १८, जसपाका २ र राजमोका एक प्रदेशसभा सदस्य छन् ।

जसमा नयाँ मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

प्रदेश सभामा हाल सदस्य संख्या ७९ रहेको छ । त्यसको बहुमत संख्या ४० हो, तर यहा एमालेका सांसदहरुको संख्या जम्मा ३८ रहेको छ ।

 

प्रकाशित मिति: आइतवार, बैशाख २६, २०७८

 

 

ताजा अपडेट