मुख्य समाचार समाचार हेडलाईन न्युज

प्रधानमन्त्री लाई जनता समाजवादी पार्टीले विश्‍वासको मत नदिने

सुनकोशी न्युज

२०७८ बैशाख २६ गते आइतवार

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा वलीलाई भेटेर जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो समूहले विश्‍वासको मत दिन नसक्ने स्पष्ट पारेका छन्।

यसअघि उनीहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । भेटमा आफूहरु तटस्थ बस्ने जवाफ ठाकुर र महतोले देउवालाई दिएका थिए । बुढानिलकण्ठबाट सिधै बालुवाटार आएका उनीहरूले बिश्‍वासको मत दिन नसक्ने बताएका हुन् ।

ठाकुर र महतो ओली पक्षधर देखिएको भनिरहँदा उनीहरूबाट यस्तो निर्णय आएको हो । उनीहरूले पार्टी नफुटाउनको लागि यो नीति अवलम्बन गरिएको बताएका छन् ।

प्रकाशित मिति: आइतवार, बैशाख २६, २०७८