सुननकाेशी न्युज, २०७८ वैशाख २६ गते आईतबार, काठमाडौं । सरकार बन्ने ग्यारेन्टी भए मात्रै माधव नेपाल समूहले राजिनामा दिने जनाएको छ। उक्त समूहका सांसद गणेश पहाडीले सुनकाेशी न्युजसँग कुरा गर्दै कांग्रेस, माओवादी र जसपाले अविस्वासकाे मत दिई यो सरकारलाई ढालेर नयाँ सरकार बनाउने सुनिश्चितता गरेपछि मात्रै नेपाल समुहका सबै सांसदहरूले राजिनामा दिने निश्कर्षमा पुगेको जानकारी दिनुभयो । अहिले केही समयमा नेपाल समुहको स्थायी समिति बैठक बस्दैछ। उक्त बैठकले यो निर्णय लिने सम्भावना रहेको पहाडीले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी वलीकाे विकल्पमा नयाँ सरकार बनाउने अवस्था नरहेमा अाफूहरुले राजिनामा दिनुको आैचित्य नरहने उहाँको भनाइ छ। अब प्रधानमन्त्रीले विश्वासको मत पाउने कि नपाउने भन्ने कुरा र नेपाल पक्षले राजिनामा दिने कि नदिने भन्ने विषय राजपा र नेपाली कांग्रेसको निर्णयमा निर्भर रहने दिखिएकाे छ। प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते प्रतिनिधिसभा संसदमा विश्वासको मत लिन राष्ट्रपतिलाई विशेष अधिवेशन डाक्न मागेपछि राष्ट्रपतिले संसद्को विशेष अधिवेशन डाक्नुभएकाे थियोे । काेराेना माहामारीले देश थिलथिलाे भएको बेला अस्पतालमा बेड, अक्सिजन र भेन्टिलेटर नपाएर बिरामी एम्बुलेन्समै मरिरहनु परेको बेला अस्पताल व्यवस्थापन र अक्सिजन जाेहाे गर्न छमडेर अाेली सरकार सत्ताकाे घिनाैला खेर र स्वास्थ्य सामाग्रीमा कमिशन कसरी खाने भन्ने षड्यन्त्रमा व्यस्त छ भनेर जनता आक्राेश व्यक्त गरिरहेका छन् ।
नयाँ सरकार बन्ने ग्यारेन्टी भए मात्रै माधव समुहले राजिनामा दिने
सम्बन्धित समाचारहरु

ताजा अपडेट
- उकालो यात्रामा नेप्से : ४८ अंक वृद्धि, अधिकांश कम्पनीमा लाभ
- सुन तस्करी काण्डमा पूर्वसभामुख महरा विरुद्ध अख्तियारको कारबाही
- ओली–लेखक हिरासतबाट बाहिर, तर मुद्दा बाँकी: अब के हुन्छ ?
- २८ सय नाघ्यो सेयर बजार, सबै सूचक हरियालीमा — कारोबार पनि ८ अर्बमाथि
- इन्धन महँगिएपछि सार्वजनिक यातायात भाडा बढ्दै, यात्रुमा थप भार
- विदेशमा देउवा दम्पती, नेपालमा पक्राउ पूर्जी—अब इन्टरपोलको जालोमा
- सेयर बजारमा ठूलो भूकम्प: नेप्से १०५ अंकले धराशायी
- 🏛️ मन्त्रिपरिषद् बैठकका ठूला निर्णय: दुई दिने बिदादेखि अर्बौँ ऋण स्वीकृतिसम्म (सूचीसहित)
- सरकारी कार्यालय समय ९ देखि ५: शनिबार–आइतबार बिदा पनि लागू
- 🛑 पेट्रोल संकटको असर : अब हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकाको निर्णय














Add Comment