सुननकाेशी न्युज, २०७८ वैशाख २६ गते आईतबार, काठमाडौं । सरकार बन्ने ग्यारेन्टी भए मात्रै माधव नेपाल समूहले राजिनामा दिने जनाएको छ। उक्त समूहका सांसद गणेश पहाडीले सुनकाेशी न्युजसँग कुरा गर्दै कांग्रेस, माओवादी र जसपाले अविस्वासकाे मत दिई यो सरकारलाई ढालेर नयाँ सरकार बनाउने सुनिश्चितता गरेपछि मात्रै नेपाल समुहका सबै सांसदहरूले राजिनामा दिने निश्कर्षमा पुगेको जानकारी दिनुभयो । अहिले केही समयमा नेपाल समुहको स्थायी समिति बैठक बस्दैछ। उक्त बैठकले यो निर्णय लिने सम्भावना रहेको पहाडीले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी वलीकाे विकल्पमा नयाँ सरकार बनाउने अवस्था नरहेमा अाफूहरुले राजिनामा दिनुको आैचित्य नरहने उहाँको भनाइ छ। अब प्रधानमन्त्रीले विश्वासको मत पाउने कि नपाउने भन्ने कुरा र नेपाल पक्षले राजिनामा दिने कि नदिने भन्ने विषय राजपा र नेपाली कांग्रेसको निर्णयमा निर्भर रहने दिखिएकाे छ। प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते प्रतिनिधिसभा संसदमा विश्वासको मत लिन राष्ट्रपतिलाई विशेष अधिवेशन डाक्न मागेपछि राष्ट्रपतिले संसद्को विशेष अधिवेशन डाक्नुभएकाे थियोे । काेराेना माहामारीले देश थिलथिलाे भएको बेला अस्पतालमा बेड, अक्सिजन र भेन्टिलेटर नपाएर बिरामी एम्बुलेन्समै मरिरहनु परेको बेला अस्पताल व्यवस्थापन र अक्सिजन जाेहाे गर्न छमडेर अाेली सरकार सत्ताकाे घिनाैला खेर र स्वास्थ्य सामाग्रीमा कमिशन कसरी खाने भन्ने षड्यन्त्रमा व्यस्त छ भनेर जनता आक्राेश व्यक्त गरिरहेका छन् ।
नयाँ सरकार बन्ने ग्यारेन्टी भए मात्रै माधव समुहले राजिनामा दिने

सम्बन्धित समाचारहरु
ताजा अपडेट
- “इन्धनमा लगाइएको कर हटाएर जनतालाई राहत देउ ” न्याैपाने
- सरकारकाे नीति तथा कार्यक्रम -२०७९ सार्वजनिक(पूर्ण पाठ)
- अर्थतन्त्र सबलीकरणका लागि बजेट
- सिन्धुलीमा दुई प्रमुख, दुई उपप्रमुख र एक वडाध्यक्ष महिला निर्वाचित
- गठबन्धनका कार्यकर्तामाथि एमालेकाे आक्रमण, गाउँलेले गरे प्रतिकार
- पाँचवटा पत्रकार संगठनले गरे गठबन्धनलाई जिताउन अपिल
- बुढानिलकण्ठ -१० मा माओवादीप्रति बढ्दो जनलहर, कांग्रेस एमाले रक्षात्मक
- महानगर-१ मा युवा उम्मेदवार साैरभ : आकर्षणकाे केन्द्रमा
- अर्थतन्त्र सुधार गर्ने सरकारी कदमप्रति गर्भनरको निरन्तर असहयोग
- बालेन शाहका २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
Add Comment