मुख्य समाचार समाचार हेडलाईन न्युज

महन्थ ठाकुर र राजेन्द्र महतो देउवा निवासमा

सुनकोशी न्युज

२०७८ बैशाख २६ गते आइतवार

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने दिन नजिकिँदै जाँदा राजनीतिक सरगर्मी बढीरहेको बेला ठाकुर र महतो देउवा भेट्न बूढानिलकण्ठ पुगेका हुन् ।

जसपामा ठाकुर र महतो ओलीपक्षमा छन् भने जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छ ।

पछिल्लो समय माधवकुमार नेपाल समूहले पनि ओलीलाई विश्वासको मत नदिने बरु राजीनामा दिने तयारी गरेपछि जसपा नेताहरु देउवा निवास पुगेका हुन् ।

प्रकाशित मिति: आइतवार, बैशाख २६, २०७८