मुख्य समाचार समाचार हेडलाईन न्युज

नेपालमा पछिल्लो २४ घण्टामा ८४१८ जना कोरोना संक्रमित

सुनकोशी न्युज

२०७८ बैशाख २५ गते शनिबार

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ८ हजार ४ सय १८ संक्रमित थपिएका छन् ।

१८ हजार ३ सय ४ वटा नमुनाको परीक्षण गरिएकोमा चार हजार ८४१८ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५३ संक्रमितको मृत्यु भएको छ  । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३ हजार ६ सय ३२ पुगेको छ ।

यस्तै, नेपालमा आजसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९८ हजार ७ सय ६५ पुगेको छ ।

अहिले मुलुकभर सक्रिय संक्रमितको संख्या ८३ हजार ४ सय ९३ रहेको छ । हाल क्वारेन्टिनमा ३ सय ९८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, बैशाख २५, २०७८