मुख्य समाचार समाचार हेडलाईन न्युज

संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको बैठकमा सहभागी नहुन प्रचण्डको आग्रह

सुनकोशी न्युज

२०७८ बैशाख २५ गते शनिवार

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतवार बोलाइएको संवैधानिक परिषदको बैठकमा संवैधानिक परिषद्का सदस्यहरुलाई सहभागी नहुन अनुरोध गरेका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायका साथ बैठक डाकिएको भन्दै बैठकमा सहभागी नहुन आग्रह गरेका हुन् ।

‘प्रमुख प्रतिपक्षका नेता तथा सभामुखसमेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग आग्रह गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

प्रचण्डले संविधानको मर्म र भावनाविपरीत लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक फेरि संवैधानिक परिषदको बैठक मार्फत आफ्नो स्वेच्छारी चरित्र प्रदर्शन गर्न लागेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान ९ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

विज्ञप्ति:

प्रकाशित मिति: शनिबार, बैशाख २५, २०७८