मुख्य समाचार समाचार

दोलखास्थित भीमेश्वर मन्दिरको मूर्तिमा पसिना : अनिष्टको संकेत

सुनकोशी न्युज

२०७८ बैशाख २५ गते शनिवार

दोलखास्थित भीमेश्वर मन्दिरको मूर्तिमा २५ गते शनिवार झण्डै डेढ घण्टा पसिना आएको छ ।

भीमेश्वर मन्दिरमा मध्यान्न पुजा भइरहेको बेला साढे १२ बजे देखि पौने दुई सम्म मूर्तिमा पसिना आएको भीमेश्वर गुठी तथा मन्दिर व्यवस्थापनले जनाएको छ ।

मूर्तिको दाँया पट्टीबाट पसिना आउँदा राष्ट्रप्रमुख, बाँया पट्टीबाट पसिना आउदा जनता र सबैतिर बाट पसिना आउदा मुलुकमा नै समस्या पर्ने भनाई छ ।

मुर्तिको दाँया र माथिल्लो भागमा एक थोपा पसिना आएको र उक्त पसिना बढ्दै गएर मुर्तिको सबैतिर फैलिएको पनि बताइएको छ ।

पहिलो पटक पसिना पुछेको कपास राष्ट्रप्रमुखकोमा पठाउने र राष्ट्र प्रमुखबाट क्षमा पुजा गर्ने प्रचलन छ ।

प्रकाशित मिति: शनिबार, बैशाख २५, २०७८