मुख्य समाचार समाचार हेडलाईन न्युज

गलत बाटोबाट गरिने नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु :माधवकुमार नेपाल

सुनकोशी न्युज

२०७८ बैशाख २५ गते शनिवार

काठमाडौं- एमाले नेता माधवकुमार नेपालले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवार र अलोकतान्त्रिक कार्य भएको टिप्पणी गरेका छन्।

शनिबार बिहान फेसबुकमार्फत उनले गलत बाटोबाट गरिने नियुक्ति प्रयास तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गरेका छन्।

‘कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो।’ उनले भनेका छन्, ‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन।अत: गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु।’

विभिन्न संवैधानिक आयोगहरूमा पदाधिकारी नियुक्तिको विषयमा निर्णय लिन प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संवैधानिक परिषद्को बैठक बोलाएको प्रति उनको यस्तो प्रतिक्रिया आएको हो।

प्रकाशित मिति: शनिबार, बैशाख २५, २०७८