मुख्य समाचार समाचार हेडलाईन न्युज

२०४८२ नमुना परीक्षणमा ९१९६ जना कोभिड–१९ संक्रमित

सुनकोशी न्युज

२०७८ बैशाख २४ गते शुक्रवार

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ९ हजार १ सय ९६ संक्रमित थपिएका छन् ।

२० हजार ४ सय ८२ वटा नमुनाको परीक्षण गरिएकोमा ९१९६ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५० संक्रमितको मृत्यु भएको छ  । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३ हजार ५ सय ७९ पुगेको छ ।

यस्तै, नेपालमा आजसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९५ हजार ३ सय ९५ पुगेको छ ।

रिपोर्ट:

प्रकाशित मिति: शुक्रबार, बैशाख २४, २०७८