मुख्य समाचार समाचार हेडलाईन न्युज

वलीसँग कुनै सहमति भयको छैन : माधवकुमार नेपाल

२०७८ बैशाख २४ गते शुक्रवार

काठमाडौं- नेकपा–एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिलेसम्म पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा वलीसँग कुनै सहमति नभएको जनाएका छन् ।

फेसबुकमार्फत नेता नेपालले नीति र विधीको आधारमा चल्ने सुदृढ र एकताबद्ध पार्टीका लागि वार्ता गर्न र लचिलो हुन तयार भएपनि अहिलेसम्म सहमति नभएको बताएका हुन् ।

नेपालका अनुसार २०७७ फाल्गुन २८ पश्चातका निर्णयहरु फिर्ता हुनुपर्ने र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै बटमलाइन भयको जनाएका छन् ।

अध्यक्ष वली र नेता नेपाल पक्षबीच हिजोदेखि निरन्तर संवाद जारी रहे पनि कुनै सहमति हुन सकेको छैन ।

स्टाटस:

प्रकाशित मिति: शुक्रबार, बैशाख २४, २०७८