समाचार हेडलाईन न्युज

नेपालमा थप ५ हजार ७ सय ६३ जनामा कोरोना: १९ जनाको मृत्यू

सुनकोशी न्युज

२०७८ बैशाख १८ गते शनिबार

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६३ जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ४ सय ३ पीसीआर परीक्षणबाट देशभर ५ हजार ७ सय ६ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ५ सय ६६ एन्टिजेन परीक्षणमा ५७ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी संक्रमितको संख्या ५ हजार ७ सय ६३ पुगेको छ ।

काठमाडौं उपत्यकामा भक्तपुरमा २०८, ललितपुरमा ३५५ र काठमाडौंमा १९३२ जना गरी २४९५ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ।

प्रकाशित मिति: शनिबार, बैशाख १८, २०७८