समाचार हेडलाईन न्युज

कोभिडको महामारीमा नेपाल सरकार आफ्नो दायित्वबाट पन्छिन मिल्दैन: नेपाल चिकित्सक संघ

सुनकोशी न्युज

२०७८ बैशाख १८ गते शनिबार

काठमाडौँ – नेपाल चिकित्सक संघले कोरोना महामारीको रोकथाम तथा उपचारका लागि विगतमा झैँ आवश्यक सहयोग र सहकार्य गर्न आफूहरु तयार रहेको स्पष्ट पारेको छ ।

संघले सरकारले अस्पतालमा राखेर कोरोना संक्रमितको उपचार गर्न नसकिने अवस्था आएको बताए प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।

संघले शनिबार जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘नेपाली जनताको स्वास्थ्यको जिम्मेवारी नेपाल सरकारको नै भएको हुँदा कोभिडको महामारीमा नेपाल सरकार, स्वास्थ्य मंत्रालयका आफ्नो दायित्वबाट पन्छिन नमिल्ने नेपाल चिकित्सक संघको ठहर छ’ ।

विज्ञप्तिमा ‘महामारीको संक्रमण बढदै गइरहेको सुरुकै अवस्थामा श्रोत साधनहरुको राम्रो व्यवस्थापन गरी महामारी संग जुध्न सीमित संख्यामा रहेका अग्रपंक्तिका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कोभिड बिरुद्धको खोप समयमा नै दिई सुरक्षित बनाई तदारुकताका साथ अगाडि बढनु आजको आवश्यकता हो ’ भनिएकोछ ।

संघले संक्रमितहरुको उपचारको क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु स्वयम् नै संक्रमित हुँदै गइरहेको भन्दै उनीहरुको उद्धार, उपचार र व्यवस्थापन गरी महामारीको अन्त्य सम्म उपचार दिन सक्ने वातावरण तथा जनशक्तिको उचित ब्यवस्थापन गर्न सम्बन्धित निकायसँग जोडदार माग पनि गरेको छ ।

विज्ञप्तिमा:

 

प्रकाशित मिति: शनिबार, बैशाख १८, २०७८