बागमती समाचार स्थानीय हेडलाईन न्युज

काभ्रेपलाञ्चोकमा वैशाख १९ गते राति देखि निषेधाज्ञा

सुनकोशी न्युज

२०७८ बैशाख १८ गते शनिबार

काठमाडौँ – काभ्रेपलाञ्चोकमा वैशाख १९ गते राति देखि निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञा वैशाख १९ गते राति १२ बजेदेखि वैशाख २६ गते राति १२ बजेसम्म लागु हुने जनाइएको छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यक काममा बाहेक कोही पनि घरबाट बाहिर निस्कन पाइने छैन ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिएको हो ।

प्रकाशित मिति: शनिबार, बैशाख १८, २०७८