समाचार हेडलाईन न्युज

अमेरिकाले नेपाललाई ८५ लाख डलर बराबरको आपतकालीन सहयोग उपलब्ध गराउने

सुनकोशी न्युज

२०७८ बैशाख १८ गते शनिबार

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले नेपालमा कोभिड-१९ केसको संख्या बढेर असहज परिस्थिती सृजना हुनलागेको पृष्‍ठभूमिमा युएसएआइडी मार्फत ८५ लाख डलर बराबरको आपतकालीन प्रतिकार्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।

विज्ञप्तीमा अनुसार यो रकम नेपाली जनताको रोगसँग लड्ने क्षमता विकासका साथै नेपालसरकारको कोभिड्-१९ को जाँच, व्यवस्थापन, उपाचार्, संक्रमण नियन्त्रण तथा तीन तहको सरकारका कोभिडसम्बन्धी विभिन्न कार्यक्रमलाई तीव्रता दिनको लागि खर्च हुनेछ।

प्रकाशित मिति: शनिबार, बैशाख १८, २०७८