समाचार हेडलाईन न्युज

प्रधानमन्त्रीज्यू ! यो लडाइमा हामी एक्लै सक्दैनौँ भनेर स्वास्थ्य मन्त्रालयले हात उठाउने, अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने ?

सुनकोशी न्युज

२०७८ बैशाख १८ गते शनिबार

काठमाडौँ – कांग्रेस नेता तथा पुर्वस्वास्थ्यमन्त्री गगन थापाले कोरोना नियन्त्रणका लागि विज्ञका कूरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्ने बताएका छन् ।

थापाले संक्रमण नियन्त्रण अहिले कठिन भएपनि उपलब्ध श्रोत, साधन, जनशक्तिको सदुपयोग गरेर क्षतिको न्युनिकरण गर्न सकिने ठाउँ रहेको औँल्याएका छन् । उनले सामाजिक संजाल मा लेखेका छन्, ‘कठिन छ, तर अझै हामीसंग उपलब्ध स्रोत, साधन, जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ । त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ ।’

‘कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ, निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन । सबै पक्ष र आम नागरिक सचेत, सतर्क र जिम्मेवार बन्नैपर्छ,’ थापाले सामाजिक सञ्जालमार्फत् भनेका छन्,‘तर प्रधानमन्त्रीज्यू ! यो लडाइमा हामी एक्लै सक्दैनौँ भनेर स्वास्थ्य मन्त्रालयले हात उठाउने, अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने ? यो आपत्तिजनक छ ।’

प्रधानमन्त्रीको अहंकारी प्रवृत्तिप्रति लक्षित गर्दै थापा लेख्छन्, ‘प्रधानमन्त्रीज्यू, हामी साथ दिन तयार छौँ, कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस् ।’

थापा को अभिव्यक्ति:

 

प्रकाशित मिति: शनिबार, बैशाख १८, २०७८