समाचार स्थानीय हेडलाईन न्युज

मकवानपुरमा वैशाख १९ गते देखि निषेधाज्ञा

सुनकोशी न्युज

२०७८ बैशाख १८ गते शनिबार

हेटौँडा – मकवानपुरमा वैशाख १९ गते राति देखि निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञा वैशाख १९ गते राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म लागु हुने जनाइएको छ ।

निषेधाज्ञा हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र भीमफेदी गाउँपालिकाको सबै क्षेत्रमा र मनहरी गाउँपालिकाको दायाँ/बायाँ पाँच/पाँच सय मिटरको क्षेत्रमा लागू हुने हुनेछ।

निषेधाज्ञाको समयमा अत्यावश्यक काममा बाहेक कोही पनि घरबाट बाहिर निस्कन पाइने छैन ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिएको हो ।

सूचना:

 

प्रकाशित मिति: शनिबार, बैशाख १८, २०७८