शिक्षा/स्वास्थ्य स्थानीय हेडलाईन न्युज

कुन कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

सुनकाेशी न्युज, २०७८ वैशाख १७ गते शुक्रबार

काठमाडौं । शुक्रबार  सबैभन्दा धेरै काठमाडौंमा २ हजार ४०४ जना नयाँ संक्रमित थपिएका छन् । ललितपुरमा ४१९ जना र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै रुपन्देही ४७३ जना, बाँकेमा ४२२ जना, ललितपुरमा ४१९ जना, दाङमा २५२ जना, मोरङमा १६१ जना, पर्सामा १५३ जना, चितवनमा १११ जना कोरोना स्क्रमित थपिएका छन् ।

यस्तै सुर्खेतमा ९७ जना, झापामा ७७ जना, काभ्रेपलाञ्चोकमा ६९ जना, सुनसरीमा ५८ जना, धनुषामा ५२ जना र बर्दियामा ५० जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै नवलपरासी पश्चिम र कञ्‍चनपुरमा ४६/४६ जना, रोल्पामा ४४ जना, बारा र पाल्पामा ४३/४३ जना, कैलालीमा ४१ जना, मकवानपुरमा ३८ जना, नवलपरासी पूर्वमा ३६ जना, सिन्धुपाल्चोक र अर्घाखाँचीमा २८/२८ जना, कपिलवस्तुमा २७ जना, गोरखामा २० जना, सर्लाहीमा १९ जना, दैलेखमा १७ जना, रौतहट र बैतडीमा १६/१६ जना, रामेछाप, गुल्मी र अछामान १४/१४ जना, कोरोना संक्रमित भेटिएका छन् ।

यसैगरी सिरहा, धादिङ, नुवाकोट र डडेलधुरामा १३/१३ जना, दोलखा ११ जना, प्युठान र सल्यानमा १०/१० जना, महोत्तरीमा ९ जना, कास्कीमा ८ जना, ओखलढुंगा, भोजपुर, सिन्धुली र स्याङजामा ६/६ जना, तनहुँ र रूकुम पश्‍चिममा ५/५ जना, इलाम र खोटाङ र सप्तरी ४/४ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै उदयपुर र बाजुरामा ३/३ जना, लमजुङ, बागलुङ, रूकुम पूर्व, जाजरकोट, जुम्ला, हुम्ला, डोटी र दार्चुलामा २/२ जना र ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, संखुवासभा, पर्वत म्‍याग्दी र कालिकोट मा १/१ जना कोरोना संक्रमण थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका १३९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भउको छ भने १० देखि १९ वर्ष मुनिका ३६७ बालबालिका कोरोना पोजिटिभ देखिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, बैशाख १७, २०७८