बुधबार भएको भेटवार्तामा अध्यक्ष ओलीले पार्टीमा आएको उतारचढावबारे लामो कुराकानी गरेको भनिएको थियो । भेटसँगै दुई नेताबीचको लामो संवादहीनता तोडिएको भनिएको थियो, तर सहमतिको कुनै प्रस्ताव नआएको नेताहरूले बताएका थिए ।
- एमाले अध्यक्ष ओलीको निर्णयविरुद्ध माधव समूहका नेताहरु बुधबार दिउँसो सर्वोच्च अदालत गएका थिए । तर, उनीहरुको रिट निवेदन दर्ता भएको छैन ।
नेपाल समूहका चार प्रदेशसभा सदस्यले कर्णालीमा फ्लोर क्रस गरेपछि मंगलबार माधव नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधिएको छ । चित्तबुझ्दो स्पष्टीकरण नआए १० गते बस्ने महाधिवेशन आयोजक समितिको बैठकले कारबाही गर्ने ओली समूहका नेताहरुले बताउँदै आएका छन् ।
Add Comment