सम्पादकीय हेडलाईन न्युज

अध्यक्ष प्रचण्डले मानन्धरलाई कम्युनिस्ट पार्टीको झण्डा अाेडाई श्रद्धाञ्जली दिए

सुनकाेशी न्युज
२०७७ चैत १७ गते मंगलबार
काठमाडौं । नेकपा माअाेवादी कन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुराना बामपंथी नेता विष्णुबहादुर मानन्धरलाई कम्युनिस्ट पार्टीको झण्डा अाेडाएर श्रद्धाञ्जली दिनुभएकाे छ।
९१ वर्षको उमेरमा साेमबार राति पाटन अस्पतालमा मानन्धरको निधन भएको थियोे । मानन्धर तत्कालीन नेकपा संयुक्तकाे महासचिव थिए । पछि माअाेवाली केन्द्रमा पार्टी एकीकृत भएपछि उनका छाेरा सुनिलकुमार मानन्धर पार्टीको केन्द्रीय सदस्य रहेका छन् ।
मानन्धरले नेपालकाे बामपंथी अान्दालनमा लामाे याेगदान दिएको र उहाँको निधनले अान्दाेलनलाई अपूरर्णीय क्षति भएको अध्यक्ष प्रचण्डले बताउनुभयो ।मानन्धरले २००९ सालमा राैतहटमा भएको किसान बिद्रोहमा नेतृत्वदायी भूमिका खेलेको स्मरण गर्नुभयो ।

मंगलबार बिहान पशुपतिमा मानन्धरलाई श्रद्धाञ्जली दिन प्रचण्ड फगायत एमाले वरिष्ठ नेता माधव नेपाल, सभामुख अग्नी सापकोटा, नारायणकाजी श्रेष्ठ, हरिवाेल गजुरेल, अनन्त लगायत दर्जनौं नेताहरू सहभागी भएका थिए ।

शोक वक्तव्य
नेपालको कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व तथा वरिष्ठ वामपन्थी नेता आदरणीय कमरेड विष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा निधनको भएको खबरले स्तब्ध बनाएको छ । दिवंगत नेता मानन्धरको निधनले नेपालको सिंगो किसान आन्दोलन र कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको छ ।

२००७ सालमा आफ्नै घरबाट विद्रोहको बिगूल फुक्नुभएका उहाँले २००९ सालको रौतहटको चर्चित किसान आन्दोलनमा अग्रणी भूमिका खेल्नुभएको थियो । कमरेड मानन्धरले नेपालको वामपन्थी आन्दोलनमा पु-याउनु भएको योगदानको सधैं स्मरणीय रही रहने विश्वास लिएको छु ।

हाम्रो पार्टी दिवंगत कमरेड मानन्धरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, शोक सन्तप्त परिवारजन तथा आफन्तजनप्रति समवेदना प्रकट गर्दछ ।

१७, चैत्र, २०७७

……………………………
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष 

 

प्रकाशित मिति: मङ्लबार, चैत्र १७, २०७७