समाचार हेडलाईन न्युज

सिन्धुलीमा २ नाल भरुवा बन्दुक सहित मिक्चन पक्राऊ

सुनकोशी न्युज
२०७७ चैत्र १३ गते शुक्रबार
सिन्धुली । सिन्धुलीको मरिणबाट दुई नाल भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्ने मरिण गाउँपालि–५ चौकीडाँडा बस्ने लाल बहादुर मिक्चन रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताए ।

चैत्र १० गते जिल्ला मरिणको चौकीडाँडा तर्फ गस्तीमा गएको प्र.ना.नि.को कमाण्डमा खटिएको टोलिले गस्ति गर्दै जाने क्रममा सोही जंगलमा लाल ब.मिक्चन र अन्दाजी २२÷२३ वर्षको अबिनास वाईबालाई भरुवा बन्दुक सहित देखि नियन्त्रणमा लिने क्रममा अबिनाश वाईबाले भरुवा बन्दुक फायर गर्दै भागेका थिए ।

खोजीका क्रममा सोही जंगलबाट लाल ब. मिक्चनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनको साथबाट भरुबा बन्दुक २ थान र बारुद १ पाउ बरामद भएको छ । घटनास्थलबाट भाग्न सफल भएका अबिनास वाईबाको खोज तलास भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत्र १३, २०७७