मुख्य समाचार समाचार

मोटरसाइकल र पिकअप भ्यान ठोकिदा गर्भवती महिला गम्भीर घाइते

सुनकोशी न्युज
२०७७ चैत्र १३ गते शुक्रबार
सिन्धुली । बिपरित दिशाबाट आएको मोटरसाइकललाई पिकअप भ्यानले विहिबार अन्दाजी ३ ः ३० बजे अपरान्ह ठक्कर दिदा मोटरसाइकलमा सवार सन्तोष सह र उनी श्रीमति पूजा साह गम्भीर घाइते भएका छन् । पूजा गर्भवति महिला हुन् ।

दुर्घटना कमलामाई नगरपालिका वडा नं. ८ स्थित हर्दियामा विपि हाइवेमा भएको हो । ना ०१–०२३ च ७४९० नम्बरको पिकअप भ्यान सिन्धुलीतर्फ आउदै गर्दा बिपरित दिशाबाट आउदै गरेको ना–२–००१–प ५६६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

साह दम्पति सप्तरी जिल्लाको डाक्नेश्वर नगरपालिका वडा नं. ८ निवासी हुन् । साह दम्पतिलाई उपचारको लागि बर्दिबास पठाइएकोमा थप उपचारको लागि काठमाण्डौं पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पिकअप भ्यानका चालक सिन्धुली कमलामाई नपा–३ बस्ने २० वर्षका उज्ज्वल आचार्य रहेको प्र.ना.उ. मनोज कुमार लामाले जानकारी दिए । चालक र भ्यान प्रहरीको नियन्त्रणमा रहेको लामाले जानकारी दिए ।

 

प्रकाशित मिति: शुक्रबार, चैत्र १३, २०७७