समाचार स्थानीय हेडलाईन न्युज

बन्चरो प्रहारबाट महिलाको मृत्यु, विपि हाइवेमा बलेरो दुर्घटना हुदा एकको मृत्यु

सुनकोशी न्युज
२०७७ माघ १० गते शनिबार
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी–१ चिसापानीमा बञ्चरो प्रहारबाट एक महिलाको ज्यान गएको छ ।

माघ ९ गते राती अन्दाजि ११ बजे अन्दाजि ३५÷३६ कि राममाया घलानलाई उनकै श्रीमान बर्ष ४० को शेर ब. बुजुले बन्चरोको पासोले टाउकोमा प्रहार गरी गम्भिर घांईते बनाएका थिए ।

गम्भीर घाइते घलानलाई उपचारको लागि जिल्ला हेटौडा पठाईएको थियो । आज बिहान १० बजे उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

बन्चरो प्रहार गर्ने उनका श्रीमान फरार रहेको र खोजतलास भईरहेको जिप्रका सिन्धुलीका प्रवक्ता डिएसपी श्याम बहादुर खत्रीले जानकारी दिए ।

त्यसैगरी, विपि राजमार्गको सोला भञ्ज्याङमा बलेरो गाडी दुर्घटना हुँदा बोलेरोमा सवार एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाईते भएका छन् ।

माघ १० गते १०ः३० बजे सिन्धुलीको गोलन्जोर –५ सोला भन्ज्याङमा सिन्धुलीबाट खुर्कोट तर्फ जाँदै गरेको ज १ च १३५४ नंम्बरको बलेरो आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल खस्न गई दुर्घटना भएको थियो ।

बलेरोमा सवार महोत्तरी जिल्ला, रामगोपालपुर नपा वडा नं. ५ कन्चनपुर बस्ने बर्ष ४१ का बसन्त मुखियाको निधन भएको जिप्रका सिन्धुलीका प्रवक्ता डिएसपि खत्रीले जानकारी दिए । जिल्ला अस्पताल सिन्धुलमा ल्याउदा उनको मृत्यु भैसकेको डाक्टरले घोषणा गरेकका थिए ।

बलेरो चालक धनुषा, गोबिन्दपुर –६ बस्ने अन्दाजी बर्ष २०÷२२ को सिजल यादब गम्भीर घाईते भएका छन् । उनको जिल्ला अस्पताल सिन्धुलीमा प्राथमिक उपचारपश्चात थप उपचारको लागि काठमाण्डौ पठाएको छ । अहिलेसम्म दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १०, २०७७