समाचार हेडलाईन न्युज

प्रतिगमनबिरुद्ध माघ ६ गते प्रेस संगठनको भेला

सुनकोशी न्युज

२०७७ माघ ४ गते आइतबार

काठमाण्डौं । प्रेस संगठन नेपालले माघ ६ गते राजधानीमा ¥याली सहित भेला गर्न भएको छ । संगठनमा आवद्ध देशभरिका पक्रकारलाई भेलामा सहभागी गराइने संगठनका केन्द्रीय संयोजक महेश्वर दाहालले जानकारी दिए ।

‘प्रेस स्वतन्त्रता रक्षाको निम्ति प्रेस संगठन नेपालको आव्हान, प्रतिगमनबिरुद्ध संचारकर्मीहरुको सामूहिक अभियान’ भन्ने मूलनाराका साथ संगठनको दोस्रो राष्ट्रिय भेला सम्पन्न हुन गइरहेको संयोजक दाहालले बताए । माघ ६ गते ११ बजे कमलादीमा रहेको प्रज्ञाप्रतिष्ठानको हलमा भेला आयोजना गरिएको छ । ११ बजे भृकुटीमण्डपमा जम्मा भई ¥यालीसहित प्रज्ञाभवनमा जाने कार्यक्रम रहेको छ ।

नेकपाका तत्कालिन अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीले संविधान मान्दिन भन्दै संविधानमै नभएको अधिकार प्रयोग गरी संसद विघटन गरेपछि मुलुकमा संवैधानिक संकट आइपरेको छ । प्रधानमनत्रीको कदमले संविधानको हत्या भएको, पार्टी विधानको हत्या भएको भन्दै सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सडक संघर्षमा रहेको छ ।

पार्टीले अध्यक्ष ओलीलाई कारबाही गरेर अध्यक्ष पदबाट हटाई माधव नेपाललाई अध्यक्ष बनाएको छ भने ओलीलाई उनको संविधान र पार्टीबिरोधी गतिविधि नरोकेको भन्दै साधारण सदस्यबाट समेत हटाउने तयारी गरेको छ । पार्टीले महासचिवलाई पनि स्पष्टिकरण सोधेर हटाउने निर्णय गरेको छ ।

पार्टीको कुनै पनि बैठकका निर्णय नमान्ने भन्दै ओलीले आफूखुसी संसद विघटन गरेर मध्यावधी चुनाव घोषणा गरेपछि देश प्रतिगमनमा गएको भन्दै ओलीको असंवैधानिक कदमबिरुद्ध देशका सबै क्षेत्र आन्दोलित भएका छन् । चारजना पूर्व प्रधानन्यायाधिशले समेत विज्ञप्ती निकालेर संसद विघटन गर्ने अधिकार यो प्रधानमन्त्रीलाई नभएको बताएका छन् । ओली सरका सुरक्षाप्रमुखलाई प्रभावमा पारेर वा आफ्नो एसम्यानलाई बढुवा गरेर कुको तयारीमा पनि रहेको बताइएको छ ।

दालतलाई समेत प्रभावमा पारेर, आफूले पहिला नियुक्ति गरेका न्यायाधिशलाई संवैधानिक इजालसमा राख्न लगाएर, प्रधानन्यायधिशले मागेको कोटा अनुसार संवैधानिक नियुक्तीमा मान्छेहरु भर्ती गरेर निर्णयलाई प्रभावित पार्ने कोसिस गरिएको छ । संविधानको धारा नै उल्लेख नगरी संसद विघटनको सिफारिस गरिएको छ । राष्ट्रपति जस्तो निश्पक्ष रहनुपर्ने निकायले प्रधानमन्त्रीलको असंवैधानिक कदमको मतियार बनेको छ । निर्वाचन आयोग र अख्तियारमा आफ्ना चम्चाहरु भर्ती गरेर बिरोध गर्नेलाई ठिक पारिनेछ भन्दै धम्क्याउने गरिएको छ ।

यसरी राज्यका सम्पूर्ण अंगहरुमा कब्जा जमाएर ओली राज्यसत्ता हत्याउने र निरंकुश शासन लागु गर्ने अभ्यासमा रहेको स्पष्ट भएका कारण देशका सबै क्षेत्र यसका बिरुद्ध अन्दोलनमा लामवद्ध भएको छ ।

यसैक्रममा राज्यको चौथो अंग मानिएको पत्रकारिता क्षेत्र पनि जनतालाई सुसुचित गर्ने कुराबाट बिमुख भई ओलीको गलत कदमलाई सही हो भन्दै प्रचार गर्ने पीतपत्रकारिताको बिरुद्ध एकजुट हुन आव्हान गर्न माघ ६ गते प्रगतिशील र न्यायप्रेमी पक्रकारहरुको भेला आयोजना गरिएको प्रेस संगठनका नेता तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

भेलामा संगठनका केन्द्रीय सदस्यहरु, प्रदेश सदस्यहरु, जिल्लाका पदाधिकारी र सदस्यहरु, एशोसियट संगठनका पदाधिकारी र सदस्यहरु लगायत सम्पूर्ण न्यायप्रेमी अग्रगमनका पक्षधर पत्रकारहरुको सहभागिता रहने जुगलले जानकारी दिए । भेला वर्तमान परिस्थिति र आन्दोलनमा केन्द्रित हुनेछ ।

प्रकाशित मिति: आइतवार, माघ ४, २०७७