समाचार हेडलाईन न्युज

काठमाण्डौं क्षेत्र नं.४ लगायत देशैभरि नेकपाको अगुवा कार्यकर्ता भेला सम्पन्न

सुनकोशी न्युज
२०७७ पौष १२ गते आइतबार
काठमाण्डौं । नेकपा काठमाण्डौं निर्वाचन क्षेत्र नं. ४ को अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

कार्यक्रममा केन्द्रिय सदस्यहरु परशुराम तामाङ, कुमार पौडेल र टंक कार्कीले पथप्रदर्शन गरेका थिए भने उक्त क्षेत्रमा कार्यक्षेत्र रहेका काठमाण्डौ जिल्लाका जिल्ला सदस्यहरु, नगर सदस्य, सल्लाहकार लगायतको उत्साहजनक सहभागिता रहेको खड्काले जानकारी दिए ।

मित्रपार्कको गोल्डेनलाइट पार्टीप्यालेसमा आयोजना गरिएको कार्यक्रमको संचालन बागमति प्रदेश सदस्य तथा उक्त क्षेत्रका इन्चार्ज बिदुर खड्काले गरेका थिए भने सभापतित्व प्रदेश सांसद कुसुम कार्कीले गरेका थिए ।

त्यसैगरी आजै देशै भरि जिल्लास्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । प्रधानमन्त्री ओलीले गैरकानुनी ढंगले संविधान बिघटन गरेर तानाशाही अभ्यास गरेकाले पार्टीले ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेपछि ओलीनिकट नेताले कार्यकर्ता र जनतामा भ्रम फैलाउदै हिडेकाले त्यसलाई चिर्न र असंवैधानिक कमद खारेज गर्न दबाब दिन नेकपाले देशैभरि दबाबमुलक कार्यक्रमको घोषणा गरेको छ ।

पौष १२ गते ७७ वटै जिल्ला कमिटिहरुको भेला सम्पन्न गर्ने कार्यक्रम अन्तर्गत आज देशैभरि भेला सम्पन्न भएको हो । काठमाण्डौंमा भने १० वटा निर्वाचन क्षेत्रमा बिकेन्द्रित कार्यक्रम गरिएको छ ।

नेकपाले आगामी पौष १४ गते देशैभरि ओली प्रतिगमनबिरुद्ध दबाबमूलक बिरोध कार्यक्रम राखेको छ । भिन्नि जिल्लामा कार्यक्रम राखिएको छ । बागमति प्रदेशमा भने काठमाणडौं केन्द्रित कार्यक्रम राखिएको छ । बागमति प्रदेशका १३ वटा जिल्लाबाट नेकपाका कार्यत्रर्ता र समर्थक काठमाण्डौं आउने छन् ।

कलंकी, बालाजु, नक्साल, मैतीदेवी, कोटेश्वर, नयाँवानेश्वर लगायत लगभग दर्जन स्थानमा भेला भएर जुलुस माइतिघर जाने छ । यस अघि नै नेकपाले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५०० सदस्यीय संघर्ष समिति बनाएको छ ।

ओलीको प्रतिगामी कदम नसच्याएसम्म आन्दोलन सशक्त रुपमा जारी रहने केन्द्रीय सदस्य कुमार पौडेलले बताए । संविधान अनुसार नै संसद विघटन गर्ने अधिकार ओलीलाई नभएको पार्टीका केन्द्रीय सदस्य परशुराम तामाङले बताउनुभयो । उहाँले ओलीमा बैचारिक विचलन रहेको बताउनुभयो । ओलीमा पार्टी हाक्न सक्ने हुती नभएको घटनाक्रमले स्पष्ट भएको केन्द्रीय सदस्य टंक कार्कीले बताए ।

प्रकाशित मिति: आइतवार, पुस १२, २०७७