समाचार हेडलाईन न्युज

बालुवाटारमा संवैधानिक परिषद्को बैठक, सभामुख र देउवा गएनन्

सुनकोशी न्युज
२०७७ मंसिर ३० गते मंगलबार
काठमाण्डौं । संवैधानिक आयोगका रिक्त पदहरुमा नियुक्ति सिफारिशका लागि संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको छ ।

मंगलवार बिहान बसेको बैठकमा कोरम नपुगेपछि प्रधानमन्त्री निवास बालुवाटारमा साझ ५ बजे लागि परिषद्को दोस्रो बैठक बस्न लागेको हो ।

कोरम पुग्न नसकेपछि सरकारले परिषद्को काम कारवाही सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिश गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार नै सो अध्यादेश जारी गरिसकेकी छिन् ।

अध्यादेश जारी भएपछि बस्ने बैठकमा परिषद्का सदस्य एवं प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागि भएका छैनन् । अध्यादेशबाट शासन चलाउने कामको विरोध गर्दै आइरहेको भन्दै देउवा बैठकमा सहभागि नहुने भएका उनी निकट एक नेताले जानकारी दिए ।

ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त्

बैठकमा प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा उपस्थित छन् ।

परिषद्का अर्का सदस्य सभामुख अग्नि सापकोटा बैठकमा सहभागी छैनन् । उनी अनुपस्थित हुँदा बिहानको बैठकमा कोरम पुगेको थिएन् ।

प्रधानमन्त्री अध्यक्ष हुने परिषद्मा सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रधानन्यायाधीश र प्रतिपक्षी दलको नेता सदस्य रहने प्रावधान छ । परिषद्मा उपसभामुख पनि सदस्य रहने व्यवस्था भएपनि अहिले सो पद खालि छ । बिहानको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना उपस्थित थिए ।

प्रकाशित मिति: मङ्लबार, मंसिर ३०, २०७७

 

 

ताजा अपडेट