समाचार हेडलाईन न्युज

स्थायी कमिटी बैठक मंसिर २८ गते र केन्द्रीय कमिटि पुस ५ गते बस्ने, ओलीले पठाए चिठी

सुनकोशी न्युज
२०७७ मंसिर २१ गते आइतबार
काठमाण्डौं । नपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको आज बसेको बैठक आगामि २८ गते आइतबारसम्मका लागि स्थगित भएको छ ।

लगभग सबै स्थायी समिति सदस्य सहभागी मिटिङमा अर्का अध्यक्ष केपी ओली उपस्थित भएका थिएनन् । करिब २ घण्टा बसेको स्थायी कमिटिको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले लामो ब्रिफिङ गरेका थिए ।

ओलीको उपस्थितिका लागि केही समय प्रतिक्षा गरेको भए पनि ओली उपस्थित नभएपछि उनको उपस्थितिलाई बैठकले खासै महत्व नदिएको एक स्थायी कमिटि सदस्यले जानकारी दिए ।

ओलीले प्रचण्डको प्रतिवेदन फिर्ता नभएसम्म बैठकमा नआउने जानकारी सहितको चिठ्ठी आफ्ना विश्वासपात्र इश्वर पोखरेलको हातमा पठाएका थिए । बैठकको सुरुवातमै पोखरेलले उक्त पत्र पढेर सुनाएका थिए ।

तर बैठकबाट ओली भाग्नु नहुने, यसले उनको राजनीतिलाई नै संन्देशपूर्ण बनाइदिने उनको तर्क छ । बैठकमा केही सहभागीले मात्रै कुरा राखेका छन् ।

बैठकले आगामी पुस ५ गते पार्टी केन्द्रीय कमिटिको बैठक बस्ने निर्णय गरेको प्रवक्त नारायणकाजी श्रेष्ठले जानकारी दिए । सचिवालय र स्थायी कमिटिमा छलफल गरिएको दुबै अध्यक्षका प्रतिवेदन केन्द्रीय समितिमा पनि गहन छलफल हुने बताइएको छ ।

पार्टी, पार्टीका निर्णय, सिद्धान्त, विधि र पद्धतिलाई खुल्ला रुपमै नमान्ने चुनौति दिएर पार्टीबिरोधी देखिएका ओलीले सचिवालय र स्थायी समितिको बैठक फेस गर्न नसकिरहेको अवस्थामा उनलाई केन्द्रीय कमितिको बैठक जीवन–मरणको खड्को सावित हुने एक केन्द्रीय सदस्यले बताए ।

प्रकाशित मिति: आइतवार, मंसिर २१, २०७७