शिक्षा/स्वास्थ्य समाचार

कोरोना अपडेट : २४ घण्टामा १०९६ जना संक्रमित, १७ को निधन

सुनकोशी न्युज
२०७७ मंसिर २१ गते आइतबार
काठमाण्डौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १०९६ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४० हजार नौ सय ८१ पुगेको छ ।

२४ घण्टामा कोरोना संक्रमणबाट थप १७ जनाको निधन भएको छ स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ९४ जना पुगेको छ ।

आइतबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार पाँच सय ८२ रहेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा १७ सय ५२ जना संक्रमित निको भएसँगै निको हुनेको संख्या दुई लाख २५ हजार आठ सय पाँच पुगेको छ।

प्रकाशित मिति: आइतवार, मंसिर २१, २०७७