मुख्य समाचार समाचार

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शाक्यको कोरोनाका कारण निधन

सुनकोशी न्युज
२०७७ मंसिर ११ गते विहिबार
काठमाण्डौं । कोरोना भाइरसका संक्रमित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको निधन भएको छ । नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान चार बजे उनको निधन भएको हो ।

डा.शाक्य वि.सं. २०७० सालमा योजना आयोगको उपाध्यक्ष भएका थिए । उनी दि शाक्य फाउन्डेसन नेपालका संस्थापकसमेत हुन् ।

प्रकाशित मिति: बिहिबार, मंसिर ११, २०७७