खेल विदेश समाचार हेडलाईन न्युज

फुटबलका आदर्श मानिने म्याराडोनाको निधन

सुनकोशी न्युज
२०७७ मंसिर ११ गते विहिबार
काठमाण्डौं । अर्जेन्टीनाका पूर्व फुटबल खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । बुधबार राति हृदयाघातबाट उनको निधन भएको हो । लामो समयदेखि बिरामी म्याराडोनाको गत महिना मात्रै मस्तिष्कमा जमेको रगतको शल्यक्रिया गरिएको थियो ।

सन् १९८६ को विश्व विजेता अर्जेन्टिना टोलीका कप्तान रहेका म्याराडोनाले सो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । चारवटा विश्वकपमा अर्जेन्टिनाको प्रतिनिधित्व गरेका म्याराडोनाले अर्जेन्टिाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए । क्लबस्तरमा उनले बार्सिलोना र नापोलीबाट फुटबल खेलेका थिए । इटालियन टोलीबाट उनले दुईवटा सिरिए ए उपाधि समेत जितेका थिए ।

अर्जेन्टिनाका राष्ट्रपति अर्बेटो फर्नान्डेजले म्याराडोनाको निधनमा तीन दिन राष्ट्रिय शोक मनाइने घोषणा गरेका छन् । विश्व फुटबल महासंघ ९फिफा० ले सन् २००० मा म्याराडोना र ब्राजिलका पेलेलाई शताब्दीका उत्कृष्ट फुटबलरको उपाधिबाट पुरस्कृत गरेको थियो । म्याराडोनालाई विश्व फुटबलमै उत्कृष्ट मिडफिल्डर मानिन्छ ।

प्रकाशित मिति: बिहिबार, मंसिर ११, २०७७