समाचार हेडलाईन न्युज

भारतीय विदेश सचिव श्रृंगला काठमाण्डौंमा, द्विपक्षीय सम्वन्ध बारे छलफल हुने

सुनकोशी न्युज
२०७७ मंसिर ११ गते विहिबार
काठमाण्डौं । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले दुई देशको मित्रतालाई कसरी अगाडि बढाउने भनेर नेपाली अधिकारीहरुसँग छलफल हुने बताएका छन् ।

श्रृंगला दुई दिने भ्रमणका क्रममा बिहीबार विहान काठमाडौं आइपुगेका हुन् । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपाल आउँदा खुसी लगेको बताए ।

यसअघि पनि नेपाल आएको तर परराष्ट सचिवको रुपमा पहिलो भ्रमण भएको उनले बताए । सचिव श्रृंगलाले अघि भने, ‘भारत र नेपाल निकतटम मित्र हो । हामी निकतटम मित्रतालाई कसरी अगाडि बढाउने भनेर कुरा गर्नेछौं ।’

श्रृंगला भोलि गोरखा र मनाङको भ्रमणमा पनि जाने कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित मिति: बिहिबार, मंसिर ११, २०७७

 

 

ताजा अपडेट