विदेश

कश्मीर विवादपछि चीनले मुख खोल्यो

मंगलबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ परारष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुनयिङले दुई देशीय सीमा क्षेत्रको पश्चिमी भागको चिनियाँ भूखण्डलाई भारत शासित क्षेत्रको परिधिमा राखेकामै चीनले उहिल्यैदेखि विरोध गर्दै आइरहेको बताइन् ।

चिनियाँ भूभागसँग सम्बन्धित लद्दाख केन्द्रद्वारा शासित हुने निर्णयबारे उनले भनिन्, ‘चीनले सधैं नै भारतको उक्त प्रवृत्तिको विरोध गर्दै आएको छ र यसमा चीन सदैव अडिग, निश्चयी र कसैगरी पनि अपरिवर्तनीय धारणमा उभिएको छ ।’

सीमा समस्याबारे विगतमा भएका सहमतिको भारतले पालना गर्नुपर्ने ह्वाको भनाइ छ । सतर्कतापूर्वक बोली र व्यवहारमा गम्भीर हुन पनि उनले भारतलाई सुझाव दिइन् ।, कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रकाशित मिति: बुधबार, साउन २२, २०७६