विदेश

बोको हरामको हमलामा १२ जना मारिए

नाइजेरियामा बोको हरामले हमला गरेको भनिएको आक्रमणमा १२ जना सर्वसाधारण मारिएका छन् ।

नाइजरस्थित गएराति हमला भएको थियो । सीमाक्षेत्र गेस्केरोस्थित हमला हुँदा १२ गाउँलेको ज्यान गएको अधिकारीले जनाएका छन् । रातिको उक्त घटना यहाँको विद्रोही भूमिगत समूह बोको हरामले गराएको अधिकारीले जनाएका छन् ।

गत मार्चमा मात्रै दुई आक्रमणमा आठजना सर्वसाधारण र सात प्रहरी मारिएका थिए । बोको हरामले नाइजेरियामा हतियार उठाएपछि अहिलेसम्म ३० हजार मानिस मारिएका छन् भने दुई लाख विस्थापित भएका छन् । उनीहरु नाइजेरिया आसपासका क्षेत्र, क्यामरुन र छडमा पनि सक्रिय छन् ।

प्रकाशित मिति: आइतवार, भदौ ८, २०७६