कृषि साहित्य हेडलाईन न्युज

कृषिका योगेन्द्र बहादुर कार्की सचिवमा बढुवा सिफारिस

सुनकोशी न्युज
२०७७ मंसिर ०९ गते मंगलबार
कठमाण्डौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव पदमा डा. योगेन्द्र बहादुर कार्कीको नाम सिफारिस भएको छ ।

लामो समयदेखि रिक्त रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव पदमा डा. योगेन्द्र बहादुर कार्कीको नाम सिफारिस भएको छ । हाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निमित्त सचिव रहेका डा. कार्कीको नाम बढुवा सिफारिस समितिले सिफारिस गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा गत सोमबार बसेको बैठकले उनको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । निजामती सेवा ऐन अनुसार कार्यसम्पदान मुल्याङकनका आधारमा (८०) प्रतिशत हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौ पटक ज्येष्ठताका आधारमा (२० प्रतिशत) एक सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था रहेको छ ।

ुसोही प्रावधान अनुसार कार्कीको नाम सचिव बढुवामा सिफारिस भएको हो । कार्की यसअघि कृषि मन्त्रालय अन्तर्गतको आयोजना प्याक्टका आयोजना प्रमुख भएर काम गरेका व्यक्ति हुन् । संघीय व्यवस्था लागु गर्दा बनेको ३ नं. प्रदेशको कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सचिवका रुपमा दुई वर्ष काम गरेर केही महिनापहिला मात्रै उनी संघको कृषि मन्त्रालयमा फिर्ता भएका थिए । राम्रो कार्यसम्पादन क्षमता भएका प्रशासकका रुपमा कर्मचारीतन्त्रमा उनको नाम लोकप्रिय छ ।

प्रकाशित मिति: मङ्लबार, मंसिर ९, २०७७