अर्थ/विजनेस मुख्य समाचार समाचार

प्रभु बैंकले ग्राहकका लागि EKYC सेवा सञ्चालनमा ल्यायो

सुनकोशी न्युज
२०७७ मंसिर ०९ गते मंगलबार
कठमाण्डौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै EKYC सेवा सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंक लि. मा खाता खोली कारोबार गर्नुभएका सम्पूर्ण ग्राहकले बैंकको वेबसाइट www.prabhubank.com मा login गरी अनलाइनमार्पत EKYC अद्यावधिक गर्ने व्यवस्था मिलाईएको बैंकले जनाएको छ । जसबाट सो प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनु पर्ने बाध्यता पुर्णरुपमा हटेको छ ।

प्रभु बैंक लिमिटेडले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा प्थ्ऋ सम्बन्धी सम्पूर्ण विवरणहरु यथा–समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुनेछ । यसबाट ग्राहकले आफ्नो समय बचत तथा सदुपयोग गरी अत्याधिक लाभ उठाउन सक्नेछन् ।

प्रकाशित मिति: मङ्लबार, मंसिर ९, २०७७