अर्थ/विजनेस मुख्य समाचार

प्रभु बैंकले ल्यायो QR Cash Withdrawal सेवा

सुनकोशी न्युज
२०७७ कार्तिक २८ गते शुक्रबार
काठमाण्डौं । प्रभु बैंक लिमिटेडले सम्पूर्ण मोवाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गर्दै QR Cash Withdrawal गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ ।

यो सेवा अन्य बैंकका मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् । यो नेपाली बैंकिङ्ग इतिहासमा नबिनतम् प्रयोग हो । यो सेवा बंैकका सम्पूर्ण शाखा कार्यालयहरुका नगद काउण्टरहरुबाट सहजरुपमा उपलब्ध हुनेछ । यसबाट नगद झिक्न चेक तथा एटिएम कार्ड बोक्ने झण्झटबाट ग्राहकहरु मुक्त हुुनेछन् ।

बैंकले सञ्चालनमा ल्याएको यस नबिनतम् सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउनुहुनेछ भन्ने बैंकले विश्वास लिएको बैंकका डिपुटि सिइओ मनिराम पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक २८, २०७७