अर्थ/विजनेस मुख्य समाचार समाचार

तिहारमा बैंकहरुका शाखा बन्द हुने

सुनकोशीन्यूज

२०७७ कार्तिक २५ गते मंगलबार

काठमाडौं। तिहारको सार्वजनिक बिदामा बैंकहरुका शाखा बन्द हुने भएका छन्। बैंकका कर्मचारीहरुमा कोभिड–१९ को संक्रमण बढ्दै गएकाले कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म शाखा बन्द गर्ने निर्णय गरएिको हो।

यसअघि दशैं बिदाको अवधिमा पनि बैंकहरुले शाखा बन्द गरेका थिए। हालसम्म बैंकहरुका ६ हजार भन्दा बढी कर्मचारीलाई कोभिड संक्रमण भइसकेको छ।

नेपाल बैंकर्स संघले मंगलबार सूचना प्रकाशित गरी शाखाहरु बन्द भएपनि एटिएमलगायतका डिजिटल बैंकिङ सेवा सुचारु रहने जनाएको छ।
संघले कोरोना भाइरस संक्रमणबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङको अधिकत्तम प्रयोग गर्न समेत सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक २५, २०७७