मुख्य समाचार समाचार

समानुपातिक सांसद सानु शिवाको निधनपछि रिक्त स्थानमा जानकीदेवी राम

सुनकोशी न्युज
२०७७ कार्तिक २१ गते शुक्रबार
काठमाण्डौं । प्रतिनिधि सभामा समानुपातिकबाट सांसद बनेकी इलामकी सानु शिवाको गत असोज २८ गते निधन भएपछि रिक्त रहेको स्थानमा नेकपाले सिराहाकी जानकीदेवी रामलाई सांसद बनाउने भएको छ ।

शिवाको निधन भएपछि रिक्त रहेको स्थानमा जानकीदेवी राम सांसद बन्ने नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । शिवा महिला दलित क्लस्टरबाट सांसद भएकी थिइन् ।

संसद सचिवालयले पद रिक्त रहेको जानकारी निर्वाचन आयोगलाई गराएपछि आयोगले उक्त ठाउँमा अर्को व्यक्ति चयन गर्ने प्रक्रिया अगाडि बढाउँछ ।

निर्वाचन आयोगमा बुझाएको समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा शिवाको पछि धनकुमारी सुनारको नाम छ । तर, धनकुमारी सुनारले नेकपा परित्याग गरेका कारण जानकीदेवी सांसद बन्ने भएकी हुन् ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक २१, २०७७