मुख्य समाचार समाचार

नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनलाई प्रधानमन्त्री ओलीले दिए बधाई

सुनकोशीन्यूज

२०७७कात्तिक २३ गते आइतबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत बाइडेन र कमलालाई प्रभावकारी र ऐतिहासिक जितका लागि बधाई दिँदै अमेरिकाको नयाँ नेतृत्वसँग नजिक रहेर काम गर्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीको तर्फबाट बाइडेन अमेरिकी राष्ट्रपतिमा विजयी भएका छन् । यस्तै कमला ह्यारिस पहिलो महिला उपराष्ट्रपति चुनिएकी छन् ।

प्रकाशित मिति: आइतवार, कार्तिक २३, २०७७