पर्यटन समाचार हेडलाईन न्युज

अन्तर्राष्ट्रिय उडान नियमित गर्न सिफारिस गर्ने सीसीएमसीको निर्णय

सुनकोशी न्युज
२०७७ कार्तिक २३ गते आइतबार
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न सिफारिस गरेको छ ।

सीसीएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले दक्षिण एसियालगायतका उपयुक्त गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो । केबलकार सञ्चालन, जंगल सफारी, साहसिक पर्यटनलगायतका पर्यटन गतिविधि खुला गर्ने पनि सीसीएमसीको प्रस्ताव छ ।

बैठकले कोरोना महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेकाहरुको उद्धार गर्ने कार्य अन्त्य गर्ने निर्णय पनि गरेको छ । सीसीएमसीका सदस्य सचिव महेन्द्र गुरागाईंका अनुसार हालसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार भएको छ । उनले भने, ‘कूटनीतिक नियोगहरुबाट उद्दार गर्न जरुरी भएकाहरुको संख्या लगभग सकिएको र कोही भए नियमित उडानमा समावेश गर्न सकिने त्यसअनुसार नै निर्णय भएको छ ।’

प्रकाशित मिति: आइतवार, कार्तिक २३, २०७७