शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

बिगत २४ घण्टामा ३०५१ नयाँ संक्रमित थपिए, थप १८ जनाले ज्यान गुमाए

सुनकोशी न्युज
२०७७ कार्तिक २० गते विहिबार
काठमाण्डौं । बितेको २४ घण्टामा देशभर थप ३०५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये १२०९ महिला र १८४२ पुरुष रहेका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ। हाल देशभर सक्रिय संक्रमित ३६ हजार ५१४ जना रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा थप ३४३० जना निको भएसँगै संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १०५२ पुगेको छ ।

प्रकाशित मिति: बिहिबार, कार्तिक २०, २०७७