समाचार

पेट्रोलमा १ रुपैयाँ र डिजलमा ५० पैसा बढ्यो, ग्यासमा २५ रुपैयाँ घट्यो

Nepal Oil Corporation. Photo: THT file

काठमाडौं, साउन २१, २३ः ३० बजे
सरकारले पेट्रोल र डिजेलको मूल्य समायोजन गरेको छ। सो अनुसार पेट्रोलमा एक रुपैयाँ बृद्धि गरिएको छ । जसअनुसार १०८ रुपैयाँमा पाइने पेट्रोलमा एक रुपैयाँ बढेर १०९ रुपैंया कायम भएको छ ।
यस्तै, डिजेलमा पनि सरकारले पचास पैसा मूल्य बढाएको छ। साबिकको ९७ प्रतिलिटर मूल्यमा सरकारले पचास पैसा बढाएको हो। अब डिजेको मूल्य रु.९७ रुपैंया ५० पैसा कायम भएको छ ।
यसैगरी, मन्त्रालयले ग्यासको मूल्य २५ रुपैयाँ घटाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार राति ग्यासको मूल्य घटाएको हो ।
वाणिज्य सचिव केदारबहादुर अधिकारीका अनुसार यसअघि ग्यास प्रतिसिलिण्डर १४ सय रुपैयाँ थियो। सरकारले २५ रुपैयाँ घटाएपछि अब ग्यास सिलिण्डर १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: मङ्लबार, साउन २१, २०७६