समाचार

नगरप्रमुख र उपप्रमुखबीचकाे विवादले टुक्रियाे हंसपुर नगरपालिकाकाे कार्यालय

उपप्रमुख झा बघचौडा टोलवासी हुन् । कार्यालय बेल्ही चोकमा लगिए पनि बोर्डमा भने बघचौडा नै लेखिएको छ । प्रमुख र उपप्रमुख छुट्टाछुट्टै कार्यालय खालेर बसेपछि सेवाग्राही समस्यामा परेका छन्। नगरप्रमुखले नियमविपरीत साविकमा बघचौडामा रहेको कार्यालय सारेको आरोप उपप्रमुख झाले लगाएकी छन्। ‘साउन ३ गते राति ९ बजे प्रमुखले चाेरेर कार्यालय सारे,’ उपप्रमुख झाले प्रश्न गरिन्, ‘कानुनसम्मत भएको भए राति किन लानुपर्यो ? दिउँसै लगे भइहाल्थ्यो नि ?’ यता, नगरप्रमुख मण्डलले भने आफूहरुले सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर बेल्ही चोकमा कार्यालय सारेकाे बताए ।

साविकको कार्यालयमा ठाउँ अपुग भएपछि बेल्ही चोकमा कार्यालय सार्नुपरेको उनको भनाइ छ । बेल्हीमा सारिएको कार्यालयको साइनबोर्डमा बघचौडा किन लेखेको प्रश्नको उत्तरमा उनले भने, ‘नगरपालिकाको केन्द्र हामीले सारेका होइनौं । केन्द्र अझै बघचौडा नै छ । तर, सेवाग्राहीलाई कठिनाई भएकोले यहाँ कार्यालयमात्र सञ्चालन गरेका हौं ।’ उप प्रमुख झा साविककै कार्यालयमा बस्दै आइरहे पनि नगरपालिकाका सम्पूर्ण कर्मचारी भने नयाँ सारिएको कार्यालयमा बसेर काम गर्दै आएका छन् ।

नगरप्रमुख मण्डलको निर्देशनमा सबै कर्मचारी बेल्ही चोकमा सारिएको कार्यालयमा बस्ने गरेको उपप्रमुख झाको आरोप छ । ‘बघचौडामा कार्यालय हुँदा मेयरलाई मनोमानी गर्न समस्या थियो । त्यसैले कानुन मिचेर अन्यत्र कार्यालय सारेका हुन,’ उपमेयर झाले भनिन् । नगरप्रमुख चाैधरीले भने उपप्रमुखले निराधार आरोप लगाउने गरेकाे तथा विवाद लम्ब्याउने काम गरेकाले नगरकाे काम नै प्रभावित हुने गरेकाे बताएका छन् ।

प्रकाशित मिति: मङ्लबार, साउन २१, २०७६